२ कार्तिक २०८३, सोमबार

डडेलधुरामा एमालेले कर्ण मल्ललाई नसघाउने, किन गर्‍यो यस्तो निर्णय ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेलधुरा, २८ असोज । आसन्न निर्वाचनमा नेकपा एमाले डडेल्धुराले कांग्रेस बीपीका उम्मेदवारलाई नसघाउने भएको छ ।

नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गर्दै एमालेले मल्ललाई नसघाउने निर्णय गरेको हो । यो निर्णयसँगै एमालेले जिल्लामा एकल रूपमा उम्मेदवार उठाउने भएको छ ।

आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा पठान सिंह बोहरा र निर्वाचन क्षेत्र नम्बर २ (क) मा गजेन्द्र बहादुर शाहीलाई उठाउने निर्णय गरेको जनाएको छ ।

एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाउने र प्रदेशसभाको (क) र (ख) दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसैअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएको थियो ।

तर, तर नेपाली कांग्रेस (बीपी) ले उक्त सहमति उल्लंघन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्य गरेको भन्दै एमालेले कांग्रेस बीपीसँगको तालमेल तोडिएको जनाएको हो ।

हेर्नुहोस् विज्ञप्ति–