१ कार्तिक २०८३, आइतबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि औपचारिक रुपमा सुरू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिक रुपमा सुरू भएको छ ।

शुक्रबार पोखरा रङ्गशालामा आयोजित विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन गरिएको हो ।

उद्घाटनमा विभिन्न प्रदेशले मार्चपास गरेका थिए भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । कोभिड महामारीलगायत विविध कारणले चार वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो ।

यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा आयोजना गरिएको छ । पुरुष क्रिक्रेटका खेल भने यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टीमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टीम र एनआरएनए गरी ११ टीमका खेलाडीले सहभागिता जनाएका छन् ।

यस पटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।