२ कार्तिक २०८३, सोमबार

घनश्याम भुसाल र प्रभु साहसहित यी नेताहरू एमालेबाट निष्काशित, नेताले गरे यस्तो गल्ती

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहसहित ६ जना जिम्मेवार नेताहरूलाई पार्टीबाट निष्काशित गरेको छ ।

एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार निष्काशनमा पर्ने अन्य नेताहरूमा केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरी तथा रामवीर मानन्धर छन् । आगमी निर्वाचनका लागि बागी रस्वतन्त्र उम्मेदवार बनी पार्टी हितविपरीत काम गरेको भन्दै उनीहरूलाई पार्टीले साधारण सदस्य समेत नरहनेगरी हटाएको बताएको छ ।

पार्टीको कारबाहीमा परेका केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइने एमालेले स्पष्ट पारेको छ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइने बताइएको छ ।

कारबाहीमा परेका नेताहरूले भुसालले रुपन्देही–१, साहले रौतहट–३, कुशवाह रौतहट–३ मा प्रदेश सभातर्फ, थारुले दाङ–१ मा स्वतन्त्र र मानन्धरले काठमाडौं–७ मा बागी उम्मेदवारी दिएका छन् ।