
जनकपुरधाम, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्ट आज मधेश प्रदेश सरकारले नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेको हो ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह बर्खास्तीमा परेका छन् ।
उनीहरु २०७८ जेठ २६ गते मन्त्री नियुक्त भएका थिए ।
हेर्नुहोस् प्रदेश प्रमुख कार्यालयको विज्ञप्ति
















प्रतिक्रिया