
काठमाडौं, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का केन्द्रीय सदस्य एवम् बाजुराका जिल्ला अध्यक्ष गगन रावल नेकपा एमालेमै फर्किएका छन् ।
रावललाई आज एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा स्वागत गरे । एमालेमै फर्किएपछि रावलले आफू लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेको र पार्टी बिभाजनताका माधवको भ्रममा परेको बताएका छन् ।
पार्टी विभाजनका समयमा विद्रोह भनिए पनि पछिल्लो समय नेकपा एस कम्युनिष्ट आन्दोलन सकाएर कांग्रेसको सेवामा समर्पित भएकाले आफू सो पार्टीमा रहिरहन नसकेको उनले बताएका छन् ।
उनले आफूसहित सो पार्टीमा लागेका सबैलाई एमालेमा समाहित गराएको बताएका छन् ।















प्रतिक्रिया