२ कार्तिक २०८३, सोमबार

इन्जाद्वारा पत्रकार माधव पौडेललाई आर्थिक सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संन्जाल (इन्जा)ले उपचारत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पौडेललाई इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि ५० हजार रुपैयाँ हस्तान्तण गरेका छन् ।

शुक्रबार कपनस्थित उनकै निवास पुगेर आर्थिक सहयोग उपलब्ध गराइएको इन्जा एसियाका अध्यक्ष पन्तले जानकारी दिए । विभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका सञ्चारकर्मीहरुलाई संस्थाले आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए ।