२ कार्तिक २०८३, सोमबार

केपी ओलीले उद्घाटन गरेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २८ असोज । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरू गरिएको छ ।

आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न सुरू गरिएको हो । ठेकेदार चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ ।

यो आयोजनाबाट मध्ये तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन हुने बताइएको छ ।

यो आयोजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते शिलान्यास गरेका थिए । ओली प्रधानमन्त्री हुँदा घोषणा भएको यो राष्ट्रिय गौरवको आयोजना हो । यसको हालसम्म ८ प्रतिशत काम सकिएको छ ।

हेडवर्क्ससहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।