२ कार्तिक २०८३, सोमबार

बागी उम्मेदवारी दिने एमालेका यी नेता पार्टीबाट हटाइए

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट हटाएको छ ।

हटाइएका नेताहरूमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल तथा टेकबहादुर साउँद छन् ।

उनीहरूलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धितत कमिटीले पार्टीबाट निष्काशन गरेको बताइएको छ ।