२ कार्तिक २०८३, सोमबार

राससमा आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको संयुक्त बैठकले राससमा कार्यरत २२ श्रमजीवी पत्रकारलाई कुनै पनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्वद्ध संघ/संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ/संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्यरत २२ जना पत्रकारको रोजगारी सुनिश्चितता गर्न जोडदार माग गरेको छ । संघर्ष समितिले रासस कार्यालयमा असोज २८ गते आयोजना गर्ने धर्ना कार्यक्रममा ऐक्यबद्धता र सहभागिता रहने पनि निर्णय गरेको छ ।

बैठकमा सहभागी उनीहरुले त्यहाँ कार्यरत रहेका पत्रकारले मात्र लडाइ लडेर समस्या समाधान नहुने भन्दै सवै संगठनले धर्ना र आन्दोलन गरेर रोजगारी सुनिश्चित गर्नुपर्ने भनााइ राखे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले राससका श्रमजीवि पत्रकारको बिषयमा महासंघले अगुवाई नै गर्ने बताए । उनले पत्रकारको धर्ना तालाबन्दीका कार्यक्रम महासंघको अगुवाईमा हुने बताए ।

शुक्रबार संघर्ष समितिबाट ऐक्वद्धता जनाउने र शनिबारबाट नेपाल पत्रकार महासंघले धर्ना, आन्दोलन र तालाबन्दी गर्ने उनले बताए । उनले संघर्ष समितिले गर्ने आन्दोलनमा ऐक्यवद्धता जनाउने र त्यसले पार्ने प्रभावका आधारमा आन्दोलन गर्ने बताए । महासंघका केन्द्रीय सदस्य अधिकारीले दिर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नभएको बताए ।

२० बर्षदेखि करार र ज्यालादारीमा रहेका २२ जना पत्रकारलाई उनीहरुले यही कार्तिक १ गतेबाट हटाउन थालेका हुन् ।
राससमा कार्यरत रहेका २२ जना पत्रकारले नेपाल पत्रकार महासंघ, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाल, नेपाल प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन, श्रमजीवि पत्रकार संघलाई रोजगारी गुम्न नदिनका लागि ज्ञापन पत्र बुझाइसकेका छन् ।