१ कार्तिक २०८३, आइतबार

क्लब टेनएक्समा अक्टोबर १६ र १७ को रात निःशुल्क प्रवेश पाइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । ठमेलस्थित क्लब ‘टेनएक्स’ले पहिलो वार्षिकी भव्यताका साथ मनाउने तयारी गरेको छ ।

यही अक्टोबर १६ र १७ तारिख अर्थात असोज ३१ र कात्तिक १ गते दुईरात विशेष कार्यक्रमबीच वार्षिकी मनाउन लागेको क्लबले जनाएको छ ।

उक्त दुई रातलाई विशेष बनाउन नेपालका ख्यातीप्राप्त डिजे तथा गायक–गायिकाहरूले प्रस्तुती दिने बताइएको छ । रातको समयमा मनाउन लागिएको वार्षिकोत्सवलाई भव्य र सभ्य बनाइने क्लबका सीईओ पौरख मर्दन बस्न्यातले बताए ।

उनका अनुसार वार्षिकोत्सवको रात अर्थात् अक्टोवर १६ मा गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा, एकदेव लिम्बू र डीजे ओलारुसलगायतले ग्राहक तथा अतिथिहरूलाई म्युजिकमा झुमाउने छन् ।

सुशील नेपालले होस्ट गर्ने उक्त विशेष कार्यक्रममा फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका चर्चित सेलिब्रेटीहरूको पनि उपस्थिति रहने क्लबले जनाएको छ ।

एक वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव प्रस्तुत गर्दै आएको बताउँदै सिईओ बस्न्यात भन्छन्, ‘पहिलो वार्षिकी मनाउन पाइरहँदा खुशी लागेको छ । हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लबहरूमध्ये एक बनाउने प्रयासमा छौँ ।’

क्लब टेनएक्समा हरेकरात डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लबप्रेमीहरूलाई नचाउँदै आएका छन् । उनीहरू इनहाउस डिजेहरू हुन् । उक्त दिन पनि उनीहरूको आफ्नो प्रस्तुती दिनेछन् ।

क्लबका सिईओ बस्न्यात भन्छन्, ‘एक वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ ।’ उनका अनुसार चारजना साथीहरू मिलेर सञ्चालनमा ल्याइएको क्लबमा हाल ७५ जना कर्मचारी छन् ।

‘अक्टोबर १६ हाम्रो पहिलो वार्षिकोत्सवको हो । यस अवसरमा द्ुईरात ग्राहकका लागि यादगर बनाउन चाहन्छौँ’ सिईओ बस्न्यात भन्छन्, ‘हामीले यसअघि थुप्रै प्रसिद्ध कलाकारहरूसँग सहकार्य गरेका छौं ।’

अक्टोवर १६ र १७ मा प्रवेश शुल्क नलिने क्वलले जनाएको छ । साथै सबै ग्राहकलाई ती दुई दिनका लागि २० प्रतिशत छुट प्रदान गर्ने क्लबले जनाएको छ ।