२ कार्तिक २०८३, सोमबार

विद्रोही उम्मेदवार कांग्रेसबाट स्वतः निष्कासित, उम्मेदवारी निष्क्रिय बनाउन यस्तो अल्टिमेटम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । गठबन्धन दलहरूबीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा गर्ने कांग्रेसका नेताहरू स्वतः पाँच वर्षे कारबाहीमा परेका छन् ।

निर्वाचन आयोगले तोकेको मिति र समय (असोज २६ गते दिउँसो १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरिएको कांग्रेसले जनाएको छ ।

तर, असोज ३१ गतेभित्र पार्टी तथा गठबन्धनको आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने लिखित प्रतिबद्धता जनाउनेहरूको प्रक्रिया पुर्याएर कारबाही फुकुवा गर्ने पनि कांग्रेसले जनाएको छ ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ बिहीबार पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।