२ कार्तिक २०८३, सोमबार

सिभिल बैंकद्वारा पशुपति क्षेत्रका विरुवा संरक्षणका लागि आठ लाख रुपैयाँको ट्री–गार्ड हस्तान्तरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । सिभिल बैंकले पशुपति क्षेत्रमा रोपिएका विभिन्न प्रकारका विरुवाहरूको संरक्षणका लागि ट्री–गार्ड हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरूको संरक्षणका लागि २०० वटा ट्री–गार्ड उपलब्ध गराएको हो । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले ट्री–गार्ड पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई हस्तान्तरण गरे ।

सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षरोपणको सुरक्षाका लागि पशुपति क्षेत्र विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरूको मूल्य करिब रू ८ लाख रहेको जानकारी दिएको छ ।

सिभिल बैंकले यसअघि पनिपशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३०० वटा ट्री–गार्डहरूसहितको बिरुवाहरू लगाई सो बिरुवाहरूलाई राम्ररी हुर्काउन पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्चहरू समेत बहन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूको उपस्थिति थियो ।

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भए पनि टेवा पुर्याउन पाउँदा आफूलाई खुशी लागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले बताए ।