
काठमाडौं, २७ असोज । माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।
यो सेवामार्फत विदेशबाट माछापुच्छ्रे बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई विनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने भएको छ ।
भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिने छ ।
उक्त सेवामार्फत स्वदेश र विदेश बाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसाकार्डमार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिने छ ।
स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु ग्राहकमाझ ल्याइसकेको छ ।
मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवम् मुद्धती खाता खोल्नेलगायत थुप्रै अत्याधुनिक प्रविधिहरु बैंकले आफ्ना ग्राहकमाझ ल्याइसकेको जानकारी दिएको छ ।















प्रतिक्रिया