२ कार्तिक २०८३, सोमबार

काठमाडौं–२ का स्वतन्त्र उम्मेदवार बोहोरालाई खुकुरीक्रस चिह्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले खुकुरीक्रस चिह्न पाएका छन् ।

निर्वाचन आयोगको कार्यालयमा उक्त निर्वाचन चिह्नका लागि लफडा भएको थियो । अर्थशास्त्रसम्बन्धी अध्यन गरेका बोहराले पहिलेदेखि नै स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।

बोहोरा गठबन्धनको तर्फबाट उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीसँग प्रतिस्पर्धा गर्दैछन् । यसअघि समानुपातिकबाट सांसद बनेकी घर्तीलाई माओवादीले यसपटक प्रत्यक्षतर्फको टिकट दिएको हो ।

रोल्पाकी घर्तीलाई माओवादी केन्द्रले काठमाडौं–२ मा टिकट दिएको हो ।