
काठमाडौं, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति नगर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सम्मेलन समापन कार्यक्रममा ओलीले राष्ट्रपतिजस्तो गरिमामयसंस्थामाथि टिकाटिप्पणी गर्दै गठबन्धनले नागरिकताका सम्बन्धमा अनावश्यक राजनीति गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन् ।
उनले एनआरएनएको कार्यक्रममा गृहमन्त्रीले अमर्यादित टिप्पणी र अनर्गल अभिव्यक्ति दिनु निकै गम्भीर बिषय भएको अध्यक्ष ओलीको भनाइ छ ।
ओलीले राष्ट्रपलीय संस्थाले प्रतिवाद नगर्ने भएकाले प्रतिवाद नगर्ने संस्थाको सम्बन्धमा नभई आफूसँग नागरिकताका बिषयमा डिवेट गर्न चूनौती दिएका छन् ।
मंगलबार एनआरएनकै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएकाले त्यसको विरोध गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका थिए ।
एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनपछि गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रमाणपत्र दिने कामलाई अघि बढाउने जिकिर गरे ।
त्यस्तै ओलीले लगानीका लागि झन्झट हटाएर आवश्यक वातावरण बनाउने धारणा पनि उनले व्यक्त गरेका छन् ।















प्रतिक्रिया