
चितवन, २६ असोज । नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् ।
निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।
कोइराला चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
चितवन-३ मा नेकपा एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी कोइरालालाई समर्थन गरेको छ ।











प्रतिक्रिया