३ मंसिर २०८३, बिहिबार

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २६ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नं को मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते कोइरालाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि ल्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।