२ कार्तिक २०८३, सोमबार

रेशम चौधरीको उम्मेदवारी खारेज

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो ।

चौधरीले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका थिए । उनको जन्मकैदको मुद्दा रहेकाले कानुनअनुसार उम्मेदवारी खारेज भएको बताइएको छ ।

चौधरीको उम्मेदवारी खारेजीको माग गर्दै माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए । चौधरी हाल डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन् ।

यस्तै टीकापुर घटनामा दोषी ठहर भएर फरार रहेका भनिएका लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज भएको छ ।

थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।