२ कार्तिक २०८३, सोमबार

बागी उम्मेदवार र तिनका समर्थक तथा प्रस्तावकलाई पार्टीबाट हटाउने कांग्रेसको निर्णय

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिनेहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको छ ।

निर्वाचन आयोगले दिएको समय सीमाभित्र असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासन गरिने चेतावनी कांग्रेसले दिएको छ । ‘तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने ब्यहोरा निर्णयानुसार जानकारी गराईन्छ,’ कांग्रेसले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सत्तारुढ चार दलका शीर्ष नेताहरूको बैठकले पनि संयुक्त रूपमा जारी गर्दै निर्वाचन आयोगले दिएको समय सीमाभित्र असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका छन् ।

साथै उनीहरूले सम्बन्धित पार्टी कमिटीहरूलाई बागी उम्मेदवारी फिर्ता गराउन पहल गर्न निर्देशन समेत दिएका छन् । सोही अनुसार विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्ना बागी उम्मेदवारहरूलाई चेतावनी दिएको हो ।

हेर्नुहोस् विज्ञप्ति–