२ कार्तिक २०८३, सोमबार

‘मधेसमा एमालेको पक्षमा आएको जनलहरलाई प्रभु साहको बर्हिगमनले रोक्न सक्दैन’

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मधेशमा एमालेको पक्षमा आएको पछिल्लो जनलहरलाई प्रभु साहको बर्हिगमनले रोक्न नसक्ने बताएका छन् ।

आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ‘रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यता बोकेका साहले एमालेलाई धोका दिएको रिजालको भनाइ छ ।

‘आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ‘रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले)का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्ने छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभु साह जस्ता हरिया सर्पहरुले एक न एक दिन डस्छन् ।’

एमाले छोडेका साहलाई ‘हरियो सर्प’को संज्ञा दिँदै रिजालले जसपासँग भएको सहमतिले एमालेको विजयलाई थप फराकिलो बनाएको टिप्पणी पनि गरेका छन् ।

पार्टीले टिकट वितरण गर्दा र मनोनयन दर्ता गर्दासम्मका आन्तरिक प्रतिस्पर्धाहरु अब स्वतः समाप्त भइसकेको बताउँदै उनले लेखेका छन्, ‘अब नेकपा (एमाले) को सिंगो पंक्ति एउटै ताल, लय र चालका साथ निर्वाचनमा होमिनुबाहेक नेकपा (एमाले) का कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकका सामु अर्को विकल्प छैन ।’