२ कार्तिक २०८३, सोमबार

आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन एनआरएनलाई प्रधानमन्त्रीको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान गरेका छन् ।

एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न सरकारले प्रयाप्त वातावरण बनाएको भन्दै आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन आह्वान गरेका हुन् ।

विभिन्न माध्यमबाट लगानी गर्नका लागि पनि सरकारले सहजीकरण गर्ने प्रधानमन्त्री देउवाको भनाई छ । त्यस्तै उनले गैर आवासीय नेपालीले उठाउँदै आएको नागरिकतासम्न्धी सवाललाई निकट भविष्यमा आवश्यक कानून बनाएर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा उपयोगको वातावरण बनाउन सके स्वदेशी उत्पादनको निकासी र प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।