२ कार्तिक २०८३, सोमबार

मकवानपुरमा उम्मेदवारीमाथि उजुरी परेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

निर्वाचन आयोगले उम्मेदवारीमाथि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकेको थियो ।

मकवानपुरका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र गरी छ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेशसभा सदस्य पदमा मकवापुर क्षेत्र नम्बर १ (क) मा आठ, १ (ख) मा १० र क्षेत्र नम्बर २ (क) मा १० र २ (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।