१ कार्तिक २०८३, आइतबार

अनिता गिरी ठूलो पर्दामा डेब्यु गर्दै (तस्वीरहरूसहित)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक दर्जनजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनय कला देखाउने तयारीमा छिन् ।

खोटाङ सिम्पानी स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागिरहेकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छिन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता उनले ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्किसकेकी छिन् ।

म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छिन् । अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनी विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरीसकेकी अनिताले डेढ दर्जनजति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकी न् ि।

अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनी सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्छिन् ।

म्युजिक भिडियो र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउँछ । तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्छिन् ।

हेर्नुहोस् केही तस्वीरहरू–