
काठमाडौं, २४ असोज । अक्टोवर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।
यो वर्षको दिवसको मूल नारा स्वास्थ्य दिमाग र खुसी जीवनलाई राष्ट्रिय प्राथमिताको विषय बनाऔँ भन्ने रहेको थियो ।
दिवसका अवसरमा आयोजित र्यालीमा सहभागीहरुले बालबालिकाको मानसिक स्वास्थ्य प्रति संवेदनशील बनौँ, मानसिक स्वास्थ्य प्राथकिता देउ, मानसिक स्वास्थ्य जरुरी छ, मानसिक रोग निको हुन समय लाग्छ र मदतको लागि सोध्नु एक साहसी कदम हो लगायत लेखिएका प्ले कार्ड बोकेका थिए ।
मानसिक स्वास्थ्यलाई समाजमा लान्छानाको रुपमा हेर्ने भएकाले यसबारे जनचेतना फैलाउन कार्यक्रम गरिएको चेतन्य इन्ष्टीच्यूट फर मेन्टल हेल्थका निर्देशक हरित नारायण बास्कोटाले बताए ।
मानसिक स्वास्थ्य साधारण रोग भएकाले लुकाएर राखे झनै समस्या बढ्ने भन्दै समयमै यसको उपचार गर्न आवश्यक रहेको उनको भानई छ ।
सामाजिक असमानता र असमताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्न विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ ।















प्रतिक्रिया