
काठमाडौं, २४ असोज । निम्बसले नेपाली खाद्यवस्तु तेस्रो मुलुकमा निर्यात सुरू गरेको छ ।
पशु दानासँगै उपभोग्य खाद्य वस्तुको उत्पादनमा समेत अग्रसर भएको कम्पनी निम्बसले व्यञ्जन ब्राण्डमा गुणस्तरीय खाद्यवस्तु उत्पादन गरी निर्यात सुरू गरेको जानकारी दिएको छ ।
जसअनुसार अचार, मसला, पीठो, चिउरा र गेडागुडी निर्यात गर्न थालिएको कम्पनीले जानकारी दिएको छ ।
हालका लागि हालका लागि क्यानडामा निर्यात सुरू गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनमा अन्य बिभिन्न देशमा निर्यात गर्ने योजना बनाएको पनि बताएको छ ।
कम्पनीको यस कार्यले देशको निर्यातमा केहीयोग्दान पुग्नाका साथै विदेशी मुद्रा भित्र्याइ देशको अर्थतन्त्रमा थप योग्दान पुग्ने विश्वास गरिएको छ ।















प्रतिक्रिया