
नाइजेरिया, २४ असोज । नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ ।
दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो । ८५ जना यात्रु लिएर गएको डुङ्गा दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको बताइएको छ ।
त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो । बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुमान छ ।















प्रतिक्रिया