२ कार्तिक २०८३, सोमबार

उम्मेदवारको विरोधमा आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने (अन्य कार्यतालिकासहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज सोमबार उजुरी दिन सकिने छ ।

निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको जानकारी दिएको छ । आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति नै प्रकाशन गरिसकेको छ ।

आयोगका अनुसार आइतबार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ २ हजार ४७३ जना तथा प्रदेशसभातर्फ ३ हजार ३९३ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएकामध्ये प्रतिनिधिसभातर्फ पुरुष २ हजार २४२ र महिला उम्मेदवार २३१ जना छन् । त्यस्तै प्रदशसभातर्फ पुरुष ३ हजार ९९ जना र २९३ जना महिला उम्मेदवार छन् । त्यस्तै अन्य १ जनाले पनि आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

यस्तो छ निर्वाचनको अन्य कार्यतालिका–