२ कार्तिक २०८३, सोमबार

झापा–५ बाट उम्मेदवारी दर्ता गराउँदै एमाले अध्यक्ष ओलीले भने– एमालेले बहुमत ल्याउँछ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि संक्षिप्त सभामा अध्यक्ष ओलीले निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

एमालेले मात्र देश विकास गरी समृद्धि ल्याउँछ भन्ने कुरा जनताले बुझिसकेका र देशभर एमालेप्रतिको आकर्षणले एमालेको पक्षमा चुनावी लहर सृजना भइरहेकाले पार्टीले बहुमत स्थानमा विजय प्राप्त गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । उम्मेदवारी दर्ताका क्रममा ठूलो संख्यामा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।