
मकवानपुर, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा सदस्यको लागि मकवानपुर-१ बाट उम्मेदवारी दर्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका हुन् ।
थापाले भनेका छन्ः
देश र जनताको हितमा ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा (एमाले)को सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु । नेकपा (एमाले)को लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ । सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु
















प्रतिक्रिया