
झापा, २३ असोज । नेकपा एमालेको समर्थनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
लिङ्देनले एमालेको समर्थनमा आइतबार झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा माधव पोखरेल र समर्थक एमालेका लक्ष्मण पाठक रहेका छन् ।
झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपाले लिने चुनावी तालमेल रहेको छ ।












प्रतिक्रिया