
मकवानपुर, २३ असोज । नेकपा एमालेले मकवानपुरको क्षेत्र नम्बर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको विरोधमा एमाले कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
थापालाई टिकट दिएपछि रुष्ट बनेका केहि कार्यकर्ताहरुले हेटौंडा-५ स्थित पार्टी कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

एमालले केन्द्रीय सदस्य रामेश्वर रानाको टिकट दिने फाइनल गरेपनि अन्तिममा थापालाई टिकट दिएपछि रुष्ट बनेका कार्याकर्ताले तालाबन्दी गरेका हुन् ।
थापाले एमालेको सूर्य चुनाव चिह्नबाट उम्मेदवारी दिने बताइएको छ ।











प्रतिक्रिया