३ मंसिर २०८३, बिहिबार

गठबन्धनबाट लोसपाले पायो ८ सिट

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेलका लागि सहमति भएको छ ।

शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ सिट पाएको छ ।

सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट अलग भएपछि लोसपा गठबन्धनमा प्रवेश गरेको थियो ।

यि हुन् लोसपाका उम्मेदवारः

१.सप्तरी २ जय प्रकाश ठाकुर
२.धनुषा ३ अनिलकुमार झा
३.महोत्तरी २ शरत सिंह भण्डारी 
४.महोत्तरी ३ महन्थ ठाकुर
५.सर्लाही १ राम प्रकाश चौधरी 
६.सर्लाही २ राजेन्द्र महतो
७.बारा ३ प्रमोद गुप्ता 
८.पर्सा १ लक्ष्मण लाल कर्ण