१ कार्तिक २०८३, आइतबार

विश्वकपको उद्घाटनमा नोराले प्रस्तुति दिने

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् ।

एसियाली राष्ट्र कतारमा नोभेम्बर २० बाट हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् ।

नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

नोराअघि जेनिफर लोपेज, शकिराले पनि फिफा विश्वकपमा प्रदर्शन गरिसकेका छन् ।