३ मंसिर २०८३, बिहिबार

रामचन्द्र पौडेलविरुद्ध उम्मेदवार बन्ने काँग्रेस नेता भट्टराईको तयारी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,  २२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिन आफु तयारी अवस्थामा रहेको संकेत गरेका छन् ।

काँग्रेसको समानुपातिक बन्दसूचीमा परेका नेता भट्टराईले तनहुँ क्षेत्र १ का मतदाता समक्ष आफूलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प रहेको स्पष्ट पारेका छन् ।

सत्ता गठबन्धनबाट काँग्रेसले तनहुँ क्षेत्र १ मा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने तयारी गर्दा नेविसंघका पूर्व अध्यक्ष समेत रहेका भट्टराई असन्तुष्टि बनेका हुन् ।

नेता भट्टराईले टिकटको पछि लाग्नु भन्दा स्वतन्त्र उम्मेदवार बन्नु उत्तम विकल्प रहेको बताएका छन् ।

फेसबुकमा लेख्दै भट्टराईले भनेका छन्ः

पार्टीको टिकटको पछि लाग्नुभन्दा तनहुँ क्षेत्र १ का मतदाता समक्ष आफूलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प हो भन्ने ठानेको छु । यसका लागि सबै साथीहरूलाई तयार रहनु अनुरोध गर्दछु ।

भट्टराईले यसअघि २०७४ मा भएको निर्वाचनमा प्रदेश तर्फको १ को क मा टिकट पाए पनि नेकपा एमालेका उम्मेदवार रामबहादुर गुरुङसँग पराजित भएका थिए ।

भट्टराईको फेसबुक स्टाटसलाई अधिकाशंले समर्थन गरेका छन् । ‘नेतृत्व सङ लम्पसार हुनुभन्दा तपाईं जत्तिको मान्छेले राजनैतिक न्यायको लागि लडाइ गर्न जरुरी छ !’ एक फेसबुक प्रयोग कर्ताले कमेन्टमा लेखेका छन् ।