३ मंसिर २०८३, बिहिबार

उम्मेदवार नबन्ने अग्नि सापकोटाको घोषणा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । सापकोटा २०६४, २०७० मा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए ।

यसैगरी, २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि सापकोटा सिन्धुपाल्चोक-१ बाट निर्वाचित भएका थिए ।

सापकोटाले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहने जनाएका छन् ।