३ मंसिर २०८३, बिहिबार

घरको छतबाट लडेर मृत्यु

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ असोज । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन् ।

उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए । टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।