३ मंसिर २०८३, बिहिबार

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छन् ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएको राष्ट्रपतिको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनले भने, “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको आशङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।”

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो ।