३ मंसिर २०८३, बिहिबार

एमाले र जसपाबीच चुनावी तालमेल (सहमति पत्रसहित)

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।

मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलाली गरी १४ जिल्लामा तालमेलको सहमति भएको हो ।

सहमति अनुसार प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिनेछ ।

यसैगरी, प्रदेशसभातर्फ एमालेले ७० सिट लिनेछ भने जसपाले ४२ सिट लिनेछ । तालमेल नभएका क्षेत्रमा भने दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने बताइएको छ ।

तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति पत्र: