
काठमाडौं, २१ असोज । नेकपा एमालेका नेता भीम रावलले अछाम–१ बाट टिकट नपाउने भएका छन् ।
एमाले स्रोतका अनुसार अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।
नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज रहेका छन् ।
रावल २०७४ को निर्वाचनमा पनि अछाम–१ निर्वाचित भएका थिए । उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए । २०६४ को संविधानसभामा भने रावल समानुपातिक तर्फबाट सांसद बनेका थिए।
दसौं महाधिवशेनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् ।











प्रतिक्रिया