३ मंसिर २०८३, बिहिबार

राजनीतिक गर्मी बढ्योः गठबन्धन बालुवाटारमा, प्रतिपक्षी बालकोटमा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारको नाम दर्ता गराउन अब २ दिन मात्र बाँकी छ । जसले गर्दा देशको प्रमुख राजनीतिक दलहरु केही दिनदेखि उम्मेदवार नाम छनोट गर्नेदेखि दलहरुबीच तालमेलको गर्ने/नगर्ने, सिट बाँडफाड लगायतको विषयमा देशको राजधानी काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटार देखि विभिन्न नेताहरुको घर, होटलहरुमा बैठकहरु बसिरहेका छन् ।

रोचक कुरा त पाँच दलीय सत्ता गठबन्धन करिब २ अघि देखि सिट बाँडफाड गर्न काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटार लगायत अन्य स्थानहरुमा औपचारिक बैठक बस्दै आएको छ ।

तर, अहिलेसम्म सहमति हुन सकेको छैन् । सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईको कारण सहमति हुन नसकेको काँग्रेस स्रोतको दाबी छ ।

सहमति हुन नसकेकै कारण शुक्रबारनै गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग तालमेल गर्ने तयारीमा रहेको छ । जसपा बाहिरिएसँगै गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गराएको छ । जसपाले गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल गर्ने पक्कापक्की भएपछि गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको स्रोतको दाबी छ ।

सत्ता गठबन्धनसँग असन्तुष्ट रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव गएराति नै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए । बालकोटमा ओली र यादवबीच चुनावी गठबन्धन गरेर जाने विषयमा महत्वपूर्ण छलफल भएको र शुक्रबार साँझसम्म तालमेलको विषय निष्कर्षमा पुग्ने दाबी गरिएको छ ।

आजै चुनावी तालेमल गर्ने विषय लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ओली निवास बोलकोट पुग्दैछन् ।