
काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको छ ।
चुनावी तालमेलको विषयमा टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता हुन लागेका बताइएको छ ।
भेटवार्ता शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा हुन लागेको जनाइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि यही असोज २३ गते आइतबार उम्मेदवारको नाम दर्ता गराउनु पर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।












प्रतिक्रिया