
काठमाडौं, २१ असोज । महानायक राजेश हमाल दम्पतीको दशैंको तस्वीर भाइरल भएको छ ।
हमालले पत्नी मधु भट्टराईलाई टीका लगाउँदा र मधुले टीका ग्रहण गरेपछि हमालको खुट्टा ढोगेको तस्वीर सार्वजनिक भएपछि भाइरल भएको हो ।

मधुले खुट्टा ढोगेको तस्वीर फेसबुक, ट्वीटर लगाएत सामाजिक सञ्जाल भाइरल बनिरहेको छ ।
खुट्टा आफै ढोगिएको हो कि ढोगाउन लगाइएको भन्दै महानायकका फ्यानहरुले प्रश्न गरेका छन् । केही फ्यानहरुले पतिको खुट्टा ढोग्नु परम्परा भएको प्रतिक्रिया जनाएका छन् भने केही फ्यानहरुले ढोग्नु दास र मालिकको परम्परा भन्दै ठीक नभएको प्रतिक्रिया दिएका छन् ।
हेर्नुस् तस्वीरहरू



















प्रतिक्रिया