
काठमाडौं, २१ असोज । सत्ता गठबन्धनसँग असन्तुष्ट रहेको गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएको छ ।
शुक्रबार बिहानैबाट बसेको गठबन्धनको बैठकमा जसपाका नेताहरु ढिला उपस्थित भएर केहिबेर बसेर गठबन्धनबाट बाहिरिएको गठबन्धनको उच्च स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार सिट बाँडफाँट गर्न बालुवाटारमा बसिरहेको बैठकबाट जसपा बाहिरीएसँगै सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गराएको छ ।
जसपाले गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी तालमेल गर्ने पक्कापक्कि भएपछि गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको स्रोतको दाबी छ ।
लोसपाका एक नेताले दिएको जानकारी अनुसार गठबन्धनको बैठकमा नेताहरू शरतसिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायतका नेताहरू सहभागी भएका छन् ।












प्रतिक्रिया