३ मंसिर २०८३, बिहिबार

एमाले र जसपाबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, सत्ता गठबन्धनमा संकट

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल हुने सम्भावना बढेको छ ।

गएराती एमाले नेता रघुवीर महासेठको निवासमा एमाले र जसपाबीच चुनावी तालमेलको विषयमा महत्वपूर्ण छलफल भएको हो ।

सत्ता गठबन्धनसँग असन्तुष्ट रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव गएरातीनै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटमा ओली र यादवबीच चुनावी गठबन्धन गरेर जाने विषयमा छलफल अघि बढेको हो ।

यादव गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको उच्च स्रोतले जनाएको छ । एमाले र जसपाबीच आजनै चुनावी तालमेल गर्ने विषयमा निष्कर्षमा पुग्ने र सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।