बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दैनिक नेपाल २०७९ असोज २० गते १६:४९

मकवानपुर, २० असोज ।  मकवानपुरको कैलाश गाउँपालिका–३ मा कालिखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङ रहेका छन् ।

कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित