२ कार्तिक २०८३, सोमबार

दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते (घाइतेको नामावलीसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १५ असोज । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय दाङका अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विवरण–