बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ठिमी र कपनमा सानिमा बैंकको शाखा

दैनिक नेपाल २०७९ असोज १५ गते १९:३१

काठमाडौं, १५ असोज । सानिमा बैंकले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरे ।

शुक्रबार भएको समुद्घाटन कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए  ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालय र १२० वटा एटीएम सञ्जाल सञ्चालनमा रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित