शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमाले जितपुरसिमराद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०७९ असोज १५ गते १९:०७

बारा, १५ असोज । नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले बिजया दशमी, तिहार, छठ र नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा बाराको बकुलियामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्वमन्त्री पौडेलले अबको निर्वाचनमा नेकपा एमालेले बहुमत हासिल गर्ने दाबी गरे । ‘जनताले गठबन्धनको रुप चिनिसकेका छन्, जबदेखि गठबन्धन सरकार बन्यो देशमा भ्रष्टाचार अनियमितता महंगी बढेर जनतालाई आक्रान्त बनाएको छ,’ उनले भने, ‘आक्रान्त बनेका जनताले अब गठबन्धनलाई भोट दिदैनन् ।’

त्यसैगरी कार्यक्रममा पोलिट्व्यूरो सदस्य ज्वाला शाहले यो निर्वाचनमा गठबन्धन परास्त गर्न सबै इमानदार भएर लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती देवी चौधरी, नेकपा एमालेका नेता तथा पूर्व प्रदेशसभा सदस्य सुन्दर बिक, एमाले नेता देबनारायण चौधरी, सीता गुरुङ, मनोज पौडेल, कासिम हुसैन, अखिल बाराका अध्यक्ष सरोज खनाल लगायतले शुभकामना व्यक्त गरेका तिए ।

कार्यक्रम नगर कमिटीका अध्यक्ष तथा उपप्रमुख भोला प्रसाद अधिकारीको सभापतित्वमा, सहसचिव त्रिलोक बिक्रम ठकुरीको स्वागत र रत्न उप्रेतीले सहजीकरण गरेका थिए ।

यसैबीच अमलेखगञ्जमा पनि शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरिएको छ । विभिन्न चाडपर्वहरूको अवसर पारेर नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका–२१ को वडा कमिटीले शनिबार अमलेखगञ्जमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षता र एमालेका केन्द्रीय सदस्य मञ्जु थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य मनोज पौडेल,भरत घले, जिल्ला सदस्य गोपाल घलान, कासिम हुसेन, गिता घलेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा एमाले नगर कमिटी सदस्य खैरुनेसा अन्सारी, राष्ट्रिय युवा संघ नेपालका वडा कमिटी अध्यक्ष निरन गुरुङ, अनेमसंघको वडा कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य सुकुमाया कुमारी, मुस्लिम इत्तेहाद संगठनको वडा कमिटी अध्यक्ष जमुना गौतम, आदिबासी जनजाती महासंघको नगर उपाध्यक्ष वीरबहादुर लामा, राष्ट्रिय युवा संघको नगर कमिटी कोषाध्यक्ष सिरता बजुलगायत एमालेका नेताकार्यकर्ताको उपस्थिथि थियो ।

प्रतिक्रिया
सम्बन्धित