बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्रै हो, त्यसैले दिनदिनै आकर्षण बढिरहेको छ : केपी ओली

‘उमेदवारको अन्तिम छनोट गरिसकेका छैनौँ, बाहिर आएका कुरा हल्ला हुन्’

दैनिक नेपाल २०७९ असोज १५ गते १७:४७

विराटनगर, १५ असोज । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दाबी गरेका हुन् ।

उनले निर्वाचन लड्ने आँट एमालेले मात्र गर्ने र एमाले म्याराथन दौडिने पार्टी भएको जिकिर पनि गरेका छन् ।

सो अवसरमा अध्यक्ष ओलीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा केही सीटमा अरू विचार मिल्ने पार्टीसँग सहमति कायम हुनसक्ने स्पष्ट पारेका छन् ।

यस्तै निर्वाचनको घोषणा भइसकेपछि अहिलेको सरकार कामचलाउ भइसकेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न चेतावनी पनि दिएका छन् ।

अध्यक्ष ओलीले एमालेले अहिलेसम्म आसन्न निर्वाचनका लागि उमेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएका विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित