शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षण गर्नुपर्छ’

दैनिक नेपाल २०७९ असोज १५ गते १७:२०

काठमाडौं, १५ असोज । सरोकारवालाहरुले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरुले उपभोक्ता अधिकारको बिषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले अहिलो उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको भन्दै दुई निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले निःस्वार्थ रुपमा दुवै पक्षले काम गर्नुपर्ने बताउँदै आफ्नो अधिकारका लागि स्वयम् आम उपभोक्ता पनि सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले मुलुकको बजार अस्वस्थ रहेकाले यसलाई स्वस्थ्य बनाउन गम्भीर भएर अधिकारकर्मीहरु अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित